नेपालमा आज थप १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ६ सय ८१ वटा नमूनाको परीक्षण गर्दा ८१ पुरुष र ४४ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।
यस्तै कोरोना सङ्क्रमणबाट आज ९० जना निको भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव ७ प्रतिशत सङ्क्रमित निको भइसेका छन् । देशभर रहेका १ हजार ५ सय २९ सक्रिय सङ्क्रमितमध्ये ४३ जनाको आइसियु र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।