हेटाैंडा– इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा शिविरको आयोजना गरेर परचियपत्र बितरण सुरु गरिएको हो ।
शिविरको पहिलो दिन आज वडा नम्बर १ मा ग वर्गको अपाङ्गता अर्थात पहेँलो रङ्गको परिचयपत्र १ वटा, ख वर्ग अर्थात निलो रङ्गको ११ वटा र क वर्ग अर्थात रातो रङ्गको ३ वटा परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका शाखाको प्रमुख कमला शर्माले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जमान सिं वाइवा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारी, प्रशासकीय अधिकृत दिपक चापागाईं लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । गाउँपालकिाले परिचयपत्र वितरण शिविर वडा नम्बर २,३,४ र ५ मा क्रमशः ९, १०, ११ र १२ गते सञ्चालन गर्ने जनाएको छ ।