अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपाल यथावत् रहेको हो । नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औँ स्थानमा रहेको थियो ।
नेपालको टी–ट्वान्टीमा ११ औँ स्थान सर्वाधिक उच्च वरियता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्यान्ड र युएई रहेको छ । नेपाल एक दिवसीय वरियतामा १७ औँ स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । यस्तै अस्ट्रेलिया दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन् । खेलाडीको ब्याटिङ वरियतामा नेपालका पारस खड्का ७१ औँ स्थानमा रहेका छन् । पूर्व कप्तान पारसको वरियता सुधार भएको हो । यस्तै नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने बलिङतर्फ ८० औँ स्थानमा रहेका छन् ।