मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको क्षेत्रमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । बुधबार हेटौंडा–१५, रातोमाटे स्थित ससस्त्र प्रहरी गण मुख्यालयको नवनिर्मित ब्यारेक भबनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार शान्ति सुरक्षाका क्षेत्रमा संवेदशील रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले शान्ति सुरक्षाका लागि प्रहरीको भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिक्ता दिएको बताउनुभयो । प्रहरी सञ्रचनाको सुदृढिकरण बिना चाहे अनुसारको सुरक्षा दिन नसकिने हुँदा प्रहरीका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिक्ता दिएको उहाँले बताउनुभयो । संघिय सरकारले कानुन निर्माणमा ढिलाई गर्दा प्रहरीका लागि आवश्यक भौतिक सञ्रचना निर्माणमा केहि ढिलाई भएता पनि अहिले करीब ४ दर्जन भवनहरु निर्माण भईरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले अबको ३ देखि ४ महिना भित्रमा ४६ वटा प्रहरीका भौतिक संरचनाहरु निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने चरणमा रहेको र थप २१ वटा भवन निर्माणका लागि स्वीकृति प्रदान गरेर बजेट समेत विनियोजन भईसकेको उहाँले बताउनुभयो । मुलुकको सुरक्षाको काममा महत्वपूर्ण जिम्मेवारी बहन गर्ने प्रहरी संरचनाहरु पुर्ण सुरक्षित हुनुपर्ने उहाँको भनाई थियो । प्रदेश सरकारले प्रहरी प्रशासनका क्षेत्रमा कुनै कुराको कमी हुन नदिने भन्दै उहाँले जिम्मेवार भएर चुस्त दुरुस्त सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।

उदघाटन कार्यक्रममा बागमती प्रदेश प्रदेशका प्रमुख सचिव मान बहादुर विके, आन्तरिक मामिला तथा कानुन मन्त्रलयका सचिव मदन भुजेल, मध्यपृतना मुख्यालयका उपरथी अशोककुमार सिग्देल, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामा, राष्ट्रिय अनुसन्धानका बागमती प्रदेशका निर्देशक सुमन बैद्य, मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर, शसस्त्र प्रहरी १४ नम्बर गण हेटौँडाका ससस्त्र प्रहरी उपरिक्षक निरकृष्ण अधिकारी लगायतकाको उपस्थिति रहेको थियो । बागमती प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार ७ सय ११ रूपैयाँ लागतमा २०७५ जेठ ३ गते ठेक्का सम्झौता गरी १६ कोठे ब्यारेक भवन निर्माण भएको हो ।