सरकारले माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ तथा शेर्पा समुदायले मनाउने पर्व ग्याल्पो र सोनाम ल्होसारको उपलक्ष्यमा माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०७७ माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो ।