मकवानपुर– मकवानपुरको मनहरी गाउँपलिकाले शिविर सञ्चालन गरेर आजबाट अपाङ्गता परिचयपत्र वितरणसुरु गरेको छ । सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट कोहि पनि नागरिक बञ्चित हुन नपरोस भन्ने उदेश्यले गाउँपालिकाले शिविर सञ्चालन गरेर परिचयपत्र वितरण सुरु गरेको हो ।
नागरिकलाई सरकारबाट उपलब्ध हुने सेवा सुविधाको पहुँच पु¥याउने उदेश्यले गाउँपालिकाले शिविर आयोजना गरेर परिचय वितरण गरिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । पहिलो दिन आज मनहरी गाउँपालिका–६, मनहरी ६ बालुभन्ज्याङबाट शिविर शुभारम्भ गरेर अपाङ्गता पहिचान गरेर परिचय पत्र वितरण सुरु गरिएको छ ।
पहिलो दिन आज ६ नम्बर वडाका क वर्गका ४ जना र ख वर्गका २ जना गरि ६ जनालाई परिचयपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आज वडा नम्बर ६ का ३ वर्षिय सक्षम बल, २२ वर्षिय गोबिन्द थिङ, ११ वर्षिय कान्छालाल ग्लान, र २५ वर्षिय सेतिमाया तामाङलाई क वर्गको तथा ८ वर्षिया कुमारी तामाङ् र ५२ वर्षिय मान बहादुर विकलाई ख वर्गको परिचयपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
लामो समय अपाङ्गता भएर पनि परिचयपत्र नहुँदा विभिन्न सेवा सुविधाबाट बञ्चितहरुलाई स्थानीय सरकारको प्रत्याभुतिका लागि पनि शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । अध्यक्ष उप्रेतीका अनुसार मंगलबार गाउँपालिकाले मनहरी अस्पतालमा वडा नम्बर ६, ७, ८, र ९ को तथा २८ गते बुधबार मनहरी–३ हाँडिखोला स्वास्थ केन्द्रमा वडा नम्बर १ देखि ५ सम्मका नागरिकका लागि शिविर सञ्चालन हुने छ ।