नेपालमा एक अर्को सहकारी बैक स्थापना हुने भएको छ । प्रस्तावित नेपाल सहकारी बैङ्कको तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य सहकारीकर्मीले सहकारी विभागमा बैक स्थापना सम्बन्धी फाइल आइतबार पेश गरेको छ । प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजात सहित प्रक्रिया पुरा गरी बैक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिस्टार टोकराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
फाइल बुझ्दै रजिस्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । बैङ्क दर्ताको लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको छ । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए । बैक स्थापना गर्न ३ अर्ब पुजी आवश्यक पर्नेमा ८ अर्ब पुजी तयार भएको प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी गराउनुभयो । बैक दर्ताको लागि सहकारी महासङ्घले सहमति दिनुपर्नेछ । ऐन अनुसार बैकको स्वीकृति नेपाल राष्ट्र बैङ्कले दिनेछ ।