तस्विरः हेटाैंडा–९ मा भएकाे कार्यकर्ता भेला ।

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले मकवानपुरमा कार्यकर्ता भेलालाई तिब्रता पारेको छ । अझै हेटौंडाका वडा वडामा गएर भेलाका कामलाई तिब्रता दिएको हो । आज मात्र हेटौंडाका ५ वटा वडामा कार्यकर्ता भेला गरिएको नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

आज हेटौंडाको वडा नम्बर २, ६, ८, ९ र १३ मा भेला भएको र नेकपा ओली समुहमा प्रवेसको लहर चलेको श्रेष्ठले वताउनुभयो । हेटौंडा २ मा भएको भेलामा नेकपाका केन्द्रीय सदस्य अनन्त पौडेल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले संबोधन गर्नुभएको थियो । हेटौंडा ६ मा भएको भेलामा नेकपाका केन्द्रीय सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष श्रेष्ठले संबोधन गर्नुभयो ।

This image has an empty alt attribute; its file name is IMG_9745-1024x517.jpg

हेटौंडा ८ मा भएको भेलामा नेकपाका केन्द्रीय सदस्य मधुसुधन खतिवडा, जिल्ला सचिवालय सदस्य गोपाल श्रेष्ठ, हेटौंडा ९ मा भएको भेलामा मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र हेटौंडा १३ मा भएको भेलामा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ लगायतकाले संबोधन गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ९ को अध्यक्षमा यदुवशं खतिवडा चयन भएका छन् । आज भएको नेकपा हेटौंडा(९ को वडा कमिटि तथा कार्यकर्ता भेलाले खतिवडालाई अध्यक्षमा चयन गरेको हो । यसैगरि कमिटि भेलाले सचिवमा नारायण खतिवडालार्ई चयन गरेको छ । उनिहरुलाई कार्यकर्ता भेलाका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बधाई तथा शुभकामना दिएका थिए ।

यसैगरि आज भएको भेलाले यसअघिका अध्यक्ष सूर्य बहादुर स्याङतान र सचिव विष्णुराना मगरलाई पार्टी हित विपरित कार्य गरेको भन्दै अनुशासनको कारबाही गर्दै पदमुक्त गरेको युवा नेता नरेन्द्र भण्डारीले जानकारी दिए । यसैगरि आज हेटौंडा ९ को कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि ५५ जना नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । हेटौंडा–९ को आयोजनामा भएको कार्यकर्ता भेलामा नेपाली कांग्रेस तथा राप्रपा परित्याग गरि ५५ जना नेकपा प्रवेश गरेका हुन् । उनिहरुलाई प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मुख्यमन्त्री पौडेल,केन्द्रीय सदस्य अनन्त पौडेल,रामचन्द राई तथा नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र तथा गणतन्त्रको रक्षाको लागि संसद विघटनको कदम चालेको बताए । उनले राष्ट्रपतिलाई महाअभियोग,प्रधामन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटायर देश विदेशीको हातमा सुम्पने योजनालाई असफल बनाउन प्रधानमन्त्री ओलिले संसद विघटन चालेको दाबी गरे । मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीले राष्ट्रियताको लागि भिमसेन थापाले गरेको योगदान संग तुलना गर्न सकिने योगदान गरको समेत बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले प्रधानमन्त्री ओली र सरकार विरुद्ध फैलाएको भ्रममा नपर्न आग्रह गरे । उनले सरकार विरुद्ध फैलाएको भ्रममा नर्पन आग्रह गर्दै बैशाख १७ र २७ गते हुने चुनावको तयारीमा रहन आग्रह गरे ।