मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) का केन्द्रिय सदस्य रघुनाथ खुलालले विकास बिरोधि र बिखण्डनवादी नेतालाई आगामी निर्वाचनबाट जनताले तह लगाउने बताउनुभएको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ को वडा कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै नेता खुलालले विकास र समृद्धिको बिरोधि तथा बिखण्डनवादी नेताहरुलाई जनताले तह लगाउने बताउनुभएकाे हाे ।

नेता खुलालले वर्तमान राजनीतिक परिस्थिति, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आगामी योजनालगायतका समसामयिक विषयमा जानकारी दिनुभएको थियो । उहाँले कार्यकर्ताहरुलाई विकास र समृद्धिको पक्षमा निर्धक्क भएर लाग्न समेत उहाँले आग्रह गर्नुभयो । नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा पद र व्यक्तिगत स्वारर्थको कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाउनुभयो । नेता खुलालले आफ्नैै पाट्रीका नेताहरु पद र व्यक्तिगत स्वार्थका लागि सरकारलाई अप्ठ्यारो पार्ने, असहयोग गरेकाले प्रधानमन्त्री ओलीले जनतामा जाने निर्णय गर्नुभएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा ती व्यक्तिलाई जनताले नै तह लगाउने बताउनुभयो ।

मकवानपुरको विकास समृद्धिमा यहिका नेताहरु मिलेर मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जस्ता काम गरेको भन्दै उहाँले हामीले कस्तो व्यक्तिलाई नेता मानेका रहेछौं भन्ने कुरा बुझनु जरुरी रहेको बताउनुभयो । विकास विरोधिहरु कहिले पनि जनताको नेता नहुने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेल मकवानपुरकै भएकै कारण पनि जिल्लामा यतिको विकास भएको उहाँको भनाई थियो । उहाँले नेकपा पार्टी सङ्ठन विस्तारका क्रममा रहेकाले पार्टी निर्माणको सिद्धान्तमा अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
६ नम्बर वडा कमिटीका अध्यक्ष पुष्पराज पराजुलीकोे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नगर अध्यक्ष शालिकराम पुडासैनीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । आजको बैठकले वडा कमिटीमा थप सदस्य मनोनयन, वडा सचिवालय गठन गर्नुका साथै टोल भेला आयोजना गर्न कार्ययोजना समेत तयार गरेको छ ।