मकवानपुर– डिभिजन वन कार्यालय हेटौंडाले मकवानपुरको बकैया गाउँपालिका–१, हाँडी स्थित वनदेवी आधारभुत विद्यालयको भवन भत्काईदिए पछि विद्यार्थीको बिचल्ली भएको छ । काक्षा तीन सम्म अध्यन हुने विद्यालयको पुरानो टहरा र निर्माण हुन लागेको नयाँ भवन समेत वन कार्यालयले भत्काइदिएपछि उक्त विद्यालयमा अध्यनरत एक सय ७ जना विद्यार्थीहरु पढाईबाट बञ्चित भएका हुन ।
वनक्षेत्रमा रहेको भन्दै विद्यालयको पुरानो भवन र नयाँ निर्माणाधिन भवन समेत वनाउन नदिएको स्थानीयले वताएका छन् । पुरानो भवन अत्यन्तै जिर्ण भएका कारण राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा मार्फत विद्यालय भवन निर्माण हुन लागेको थियो । तर, डिभीजन वन कार्यालय हेटौंडाका प्रमुख इमानाथ पौडेल आफै गएर नयाँ बनाउन पनि रोक लगाएको र पुरानो भवन पनि भत्काए पछि विद्यार्थीहरु पढ्नबाट वन्चित भएका छन् ।
यता वन क्षेत्रमा विद्यालय भवन निर्माण गरेकाले भत्काएको डिभीजन वन कार्यालय हेटौंडाले जनाएकाे छ । वन क्षेत्रकाे अतिक्रमण नियन्त्रणका लागि वन कार्यालय निरन्तर सकृय भएर लागेकाे र साेहि अनुरूप वन क्षेत्रमा बनाउन लागिएकाे विध्यालयकाे संरचना निर्माण राकिएकाे कार्यालयले जनाएकाे छ । मकवानपुरको पुर्वि क्षेत्रका अधिकांश विध्यालय तथा सार्वजनीक सञ्रचनाहरू सार्वजनीक जग्गामै निर्माण भएका छन् । तर विध्यालय निर्माणा गर्दा डिभीजन वन प्रमुख पौडेलको नेतृत्वमा भत्काइएको स्थानीय वासिन्दाहरुले वताएका छन् ।
मकवानपुरको पुर्वि क्षेत्र बागमती र बकैया गाउँपालिकाका करीब ९० प्रतिशत क्षेत्र ऐलानी वा सार्वजनीक जग्गा प्रयाेगमा छन् । गाउँपालिकामा रहेका ७६ विद्यालय, तथा अन्य सार्वजनीक कार्यालयहरु करीब करीब सबै सार्वजनीक क्षेत्रमै निर्माण भएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो । तर डिभिजन वन कार्यालयले गाउँपािलकासंग समन्वय नै नगरिकन विद्यालय भवन भत्काएको बताउनुभयो । विद्यालय भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय र गाउँपालिकाबाट सिफारीस भएर पूननिर्माण प्राधिकरण मार्फत निर्माण हुन लागेको भवन समेत भत्काइदा विद्यार्थीहरुको बिचल्ली भएको उहाँले बताउनुभयो । वन अतिक्रमण गरेर व्यक्तिले घर वनाउने, खेती गर्ने, होटल पसल गर्ने गरेर वस्दा डिभीजन वन कार्यालय भने रमिते वनेर वस्ने गरेको तर, विद्यालय भवन भने भत्काइदिएको स्थानीयको गुनासो छ ।