मकवानपुर– छैठौं संस्करणको हेटौंडा भेट्रान्स कप (एट–ए–साइड) फुटबल प्रतियोगिता आजबाट हेटौंडाको लोकतान्त्रिक हुप्रा चौरमा सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगितामा आयोजक समुहले बिजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्घाटन खेलमा आयोजक हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६–१ को पराकिलो गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल तथा बालकुमार गुरुङ र निमा लामाले १–१ गोल गरेका थिए । भने कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवना गोल गरेका थिए । आगामी माघ १० गतेसम्म चल्ने प्रतियोगिता नकआउटका आधारमा खेलाइने प्रतियोगिताका संयोजक कविन सङ्गामीले जानकारी दिनुभयो । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
हेटौंडा भेट्रान्स क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो ।
यस्तै आजको दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडा लाई डिल्लि बजार भेट्रान्स काठमाण्डौले १–० गोलले पराजित गरेको छ । डिल्लिबजारका लागी उज्वल श्रेष्ठले गोल गरेको थिए जुन जितका लागी निर्णायक बन्यो । उक्त खेलको म्यान अफ द म्याच पनि उज्ज्वल श्रेष्ठ नै घोषित भएका छन । यस्तै आजको तेस्रो खेलमा जोरपाटि भेट्रान्सले चितवन भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।जोरपाटिका लागी एकमात्र गोल दिपक लामाले गरेका थिए। प्रतियोगिताको म्यान अफ द म्याच जोरपाटिका दिपक लामा भएका छन । आजको चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडाले र बीरगञ्ज युथ एकेडेमी लाई १–० गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागी सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरेका थिए ।