काठमाडौँ– बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका सबै स्थानीय तहका वडाहरूमा योगका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढाइएको बताउनुभएको छ । राष्ट्रिय योग दिवसका अवसरमा काठमाडौँको शंखरापुर नगरपालिकाले आज साँखुमा आयोजना गरेको कार्यक्रममा मन्त्री फुयालले योगलाई विश्व संस्कृतिको रुपमा अघि बढाउनु पर्ने बताउनुभयो ।
उहाँले विश्वमा सुख, शान्ति, खुशी र समृद्धि प्राप्त हुने विज्ञान वा दर्शन भनेकै योग भएकाले यसलाई जनस्तरसम्म पु¥याउन सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो । बागमतीलाई हरित प्रदेश बनाउने अभियान अन्तर्गत प्रत्येक घरमा कम्तीमा २ वटा रुख रोप्ने अभियानलाई संस्कृतिको रुपमा विकास गरिने मन्त्री फुयालले जानकारी दिनुभयो । ७ दिनसम्म सञ्चालन हुने विशेष योग शिविरमा योगका विभिन्न क्षेत्रका गुरुहरूले प्रशिक्षण दिनुहुने नगरपालिकाले जनाएको छ ।
Home प्रदेश बागमती प्रदेश स्थानीय तहका सबै वडाहरूमा योगका लागि भौतिक पूर्वाधार निर्माण गरिने : मन्त्री...