हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार थप ४३० जनामा थपिएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना सङ्क्रमणमुक्त भएसंगै कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ५९ हजार तीन सय ५८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ सय ३२ पुगेको छ ।