मकवानपुर – माओवादी केन्द्र निकट अखिल नेपाल महिला (अनेम) संघ क्रान्तिकारी मकवानपुरकी पूर्व जिल्ला अध्यक्ष पार्बती राना मगर एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उहाँलाई एमाले केन्द्रिय सदस्य एवम् मकवानपुरका इन्चार्ज रामेश्वर रानाले पार्टी प्रवेश गराउनु भएको हो ।

अनेम संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य समेत रहनु भएकी रानालाई पार्टी कार्यालयमा आज आयोजित जनप्रतिनिधिहरुको भेलामा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला ईन्जार्ज रामेश्वर राना, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठलगायत नेताहरुले अबिर र खादा लगाएर स्वागत गर्नुभएको हो । पार्टी प्रवेश गर्दै उहाँले नेकपा एमाले बाहेकले देशको विकास सम्भव नदेखेकाले आफुले एमाले रोजेको बताउनुभयो ।