हेटौंडा– सामुदायिक सेवा केन्द्र मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरलाई बिदाइ गरेको छ । सरुवा भएर जान लाग्नु भएका प्रहरी उपरिक्षक राठौरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा आज एक कार्यक्रमका बिच विदाई गरिएको हो ।

Image may contain: 4 people, including Sushilsingh Rathour and Binod Lamichhane, people standing

सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बिष्टको सभाध्यक्षता भएको कार्यक्रममा सम्पूर्ण कार्यसमितिले ढाका टोपी लगाएर आगामी कार्यकालको सफलताको शुभकामना सहित सम्मान तथा बिदाई गरिएको थियो । बिदाई कार्यक्रमलाई प्रहरी उपरिक्षक राठौंरले मकवानपुर बसाईमा लागु औषध न्युनिकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको र सामुदायिक सेवा केन्द्र मकवानपुरको सक्रियताको प्रसंशा समेत गर्नुभएको थियो । उहाँले आफु जहाँ रहे पनि सामुदायिक सेवा केन्द्र मकवानपुर र समग्र मकवानपुर बासीको साथ र सहयोगलाइ सधै आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अपराध नियंत्रण गर्न प्रहरीले मात्र संभव नहुने भएकोले समुदायको साथ र सहयोग अपरिहार्य रहेको उहाँको भनाई थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विनोद लामिछाने, सचिव रमिला सापकोटा, कोषाध्यक्ष राम प्रसाद कोइराला, सदस्य कपिल अर्याल, सिताराम पौडेल, नबराज कोइराला लगाएतको उपस्थिति थियो ।