काठमाडौं– प्रधानमन्त्री कप क्रिकेटको लागि बागमती प्रदेशले टिमको घोषणा गरेको छ । बागमती प्रदेशले प्रतियोगिताको लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।
बागमतीले घोषणा गरेको टिममा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लका साथै पृथु बास्कोटा पनि रहेका छन् । पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वबागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।