चितवन – नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत प्राप्त गर्नु भएको छ । कुल खसेको २०९६ मतमध्ये उहाँले १९७६ मत प्राप्त गर्नु भएको हो ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन ।