मकवानपुर– उद्योग संघ मकवानपुरले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाललाइ सम्मान गरेको छ । संघको १९औं साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख खुलाललाई सम्मान पत्रबाट सम्मानित गरिएको हो ।
कोरोना महामारीका कारण आक्रान्त बनेको औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनलगायत विभिन्न समयमा जिल्ला समन्वय समिति र जिसस प्रमुखबाट प्राप्त सहयोगको कदर स्वरुप उहाँलाई सम्मानित गरिएको हो । कोभिड–१९ माहामारीका समयमा उहाँले आवश्यक समन्वय र सहजिकरण तथा विकास निर्माण आयोजना र उद्योग सञ्चालनका लागि मार्गदर्शन तयार गरेर कार्यान्वय गर्ने महत्वपूर्ण पहलकदमी लिनुभएकाे थियाे । उहाँलाइ कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उहाँलाई सम्मानपत्र प्रदान गर्नुभएको हाे । उहाँसंगै कार्यक्रममा पुर्व संविधानसभा सदस्य अनन्त पाैडेल, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुसिल सिंह राठौरलाई समेत सम्मान पत्रद्धारा सम्मानित गरिएका थियो ।