मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज सुधारका लागि टोल विकास संस्थाहरुको भुमिका महत्वपूर्या हुने बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका–९, स्थित धर्मपथ टोल विकास संस्थाको ९औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले टोल विकास संस्थाले समुदायमा जनचेतना अभिबृद्धि गर्ने र सामाजिक सुधारका काममा भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रमुख खुलालले टोल विकास संस्थाले टोलमा सामाजिक काम, टोल सुधार, भौतिक विकासमा प्राथमिक्ता तोक्ने जस्ता काममा सम्बन्धीत निकायमा समन्वयको काम गर्न सक्ने बताउनुभयो । टोल विकास संस्थाले अनुसासित र मर्यादित समाज निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै उन्नत र सकारात्मक सोच निर्माणको कामलाई प्राथमिक्ता दिनुपर्ने उहाँले बताउनुभयो । टोल विकास संस्थाले निर्वाचित निकायको प्रतिष्पर्धीका रुपमा नभई सहयोगिका रुपमा काम गर्नुपर्ने उहाँको भनाई थियो ।

धर्मपथ टोल विकास संस्थाका अध्यक्ष प्रकाश पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा सदस्य लक्ष्मी नेपाली, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रब अधिकारी, वडा समन्वय समिति अध्यक्ष यदुवंश खतिवडा, गणेश हनुमान टोल विकास संस्थाका अध्यक्ष रमिला सापकोटा, संतोषि टोल विकास संस्थाका अध्यक्ष कुमार पौडेल, नारायणि बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रामहरी न्यौपाने, मोर्डन बोर्डिङ स्कुलका संचालक श्याम खतिवडालगायतछिमेकि टोल विकास संस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिती थियो । कार्यक्रममा माधविदेवि अर्याल र त्रिबिक्रम श्रेष्ठलाई बृद्ध÷बृद्धा सम्मान, सरसफाईमा उत्कृष्ट तेतरीदेवी साह र एसइइमा उत्कृष्ट नतिजा ल्याउने सितल अर्याललाई सम्मानीत गरिएको थियो ।