मकवानपुर– हेटौंडा उपमहानगरपालिका–२ स्थित महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपालको १३ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष ईन्दिरा न्यौपानेको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा भएको हो ।

साधारण सभाको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि खुलालले संस्थाको उदेश्य अनुरुप काम भए नभएको बारेमा बिचार गर्नुपर्ने बताउनुभयो । उहाँले गैर सरकारी संघ संस्थाले समुदायमा दिगो सामाजिक, आर्थिक विकास गर्दै सुरक्षित र समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने बताउनुभयो । संस्थाले उद्यमशिलता विकास, सिपमुलक तालिम, शिक्षा, स्वास्थय, वातावरण, महिला अधिकार, मानव अधिकार, लैङ्गिक समानता, द्धन्द न्युनिकरण तथा दिगो शान्ति, पुर्वाधार आदि थ्प्रै क्षेत्रमा काम गरेको भन्दै लक्ष्य निर्धारण गरेर सिमित क्षेत्रमा परिणाममुखि काम गर्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक माइकल रामचन्द्र अर्याल, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती राना, बकैया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीम तिमलसिनालगायतको सहभागिता थियो ।