नेपालमा आज थप ६ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ४ हजार ६ सय ८१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी, कोरोना भाइरसको संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ९ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।