प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली समूहको भेलाले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप कुमार ज्ञवालीलाई दिने निर्णय गरेको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा पार्टी प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने सहमति भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यस्तै ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गर्नुभएको छ ।
कुल सदस्य संख्या ११९९ रहने गरी मौजुदा संख्या केन्द्रीय कमिटीमा ५५६ जना थप्ने सहमति भएको उहाँको भनाइ छ । अहिले सदस्य संख्या १ हजार ३ रहने र रिक्त १९६ पछि थप्ने गरी निर्णय भएको ओली पक्षका नेताहरुको भनाइ छ । बैठकमा मनोनित सदस्यहरुलाई अध्यक्ष ओली सपथग्रहण समेत गराउनुभएको छ ।