हेटौंडा– हेटौंडामा शनिबार ४१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, हेटौंडा उपशाखा र लायन्स क्लब अफ हेटौंडा सुर्योदयको आयोजनामा हेटोंडा–मा शनिवार विहान आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेका हुन् ।

उपशाखाका सभापति शिवहरी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले ब्लड व्याग हस्तान्तरण गर्नुभएर कार्यक्रम उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, लायन्स क्लबका डिस्ट्रीक गभर्नर शम्भु नकर्मी, क्याबिनेट सचिब टासी डोल्मा तुम्बाहाम्फे, एरिया प्रमुख अंकिता सुमार्गी, रिजन प्रमुख किशोर टन्डन, विद्यार्थी नेता किशन घिसिङ्ग, नेपाल बुद्दिचाल संघका केन्द्रिय सचिब धरम लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाही, लागएतको उपस्थिति रहेको थियो ।