काठमाडौं, भदौ ४ । मुलुकमा इन्धन खपत एक वर्षमा करिब १० प्रतिशतले वृद्धि भएको छ । सवारी साधन प्रयोगकर्ता, हवाई उडान र ग्यास प्रयोगकर्ताको संख्या वृद्धि हुँदा खपत बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २६ लाख ६९ हजार पाँच सय ६१ किलोलिटर इन्धन खपत भएकोमा गत आर्थिक वर्ष २०७५/७६ मा २९ लाख ३० हजार तीन सय ५४ किलोलिटर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ । डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको खपत वृद्धि औसतमा ९.७६ प्रतिशत देखिएको छ ।