हेटाैंडा– नेपालमा आज थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न प्रयोगशालामा १० हजार ४ सय २३ नमूना परिक्षण गर्दा १ हजार ७७ पुरुष र १ हजार ६ सय ७६ महिलामा गरी २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म १ लाख ९१ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । आज देश भरमा गरी जम्मा ३५ हजार ४ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप १७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यो संगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज २ हजार २ सय ६ जना कोरोना संक्रमण मुक्त भए पछि निको हुनेको कूल संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरुमध्ये होम आइसोलेशनमा २८ हजार ९ सय २० जना रहेका छन् भने ३ सय ६५ जनाको आई।सि।युमा र ७६ जनाको भेन्टीलेटरमा राखेर उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।