जापानमा शनिबार ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। राजधानी टोकियोदेखि झण्डै ६ सय माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै १० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् । जापान धेरै भूकम्प आउने देशमा पर्दछ। बर्सनि दर्जनौं पटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षतिसमेत गराउने गरेको छ ।