हेटाैंडा– पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख ५३ हजार ८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वेभसाइट मार्फत् दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप ४ हजा ४ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको सङक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ८ सय २९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या १ लाख ५ हजार ४ सय ८८ जना रहेको मन्त्रालयले जनाएको छ ।