मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानिय तहहरुको प्रगति नै जिससको उपलब्धी भएको बताउनुभएको छ । सोमबार जिल्लाको बिकट साक्सिराङ गाउँपालिकाको अनुगमनका क्रममा प्रमुख खुलालले स्थानिय तहको प्रगति र उन्नतिलाई जिससले उपलब्धीका रुपमा लिने गरेको बताउनुभयो ।
प्रमुख खुलालले स्थानिय तहलाई परेका समस्याका विषयमा समन्वय र सहकार्य गर्ने गरेको समेत बताउनुभयो । उहाँले नयाँ संरचनामा केहि अप्ठ्यारो जस्तो देखिए पनि “परिर्वतन हुन्छ र गछौं” भन्ने सोँचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले संरचना अनुसार मानसिक्ता परिर्वतन हुन जरुरी हरेको भन्दै केन्द्रिकृत सोँचले केहि असहज जस्तो देखिएता पनि क्रमश मिल्दै जाने बताउनुभयो । उहाँले स्थानिय तहहरुले स्थानिय उत्पादनलाई जोड दिन तथा जस्तोसुकै अवस्थामा आत्मनिर्भर हन सक्ने खालका योजनामा बजेट केन्द्रित गर्न सुझाव समेत दिनुभयो । प्रमुख खुलालले भौतिक विकास गर्दा वातावरणिय प्रभाव कम हुने किसिमले गर्न, शुन्य बेरुजूको कुरालाई जोड दिन, सामाजिक शिक्षा, आर्थिक, रोजगारीलगायत समग्र क्षेत्रलाई स्थानिय सरकारले महत्व दिएर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले कोरोना भाईरसको संक्रमणका कारण सबै क्षेत्र ठप्प भएर आर्थिक गतिविधिलाई असर पु¥याएको हुनाले आगामी बजेटमा त्यसलाई ध्यान दिएर बजेट बनाउन सुझाव दिनुभयो ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम तथा आगामी आर्थिक वर्षको योजनाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले करीब ५० करोड बजेट मध्ये चालु आर्थिक वर्षको हालसम्म करीब ४५ करोड बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका सबै योजनाहरु सम्झौता भएको र केहि मात्र सम्पन्न हुन बाँकी रहेको समेत जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक, रोजगारीलगायत समग्र क्षेत्रको विकासलाई एकरुपताका साथ अगाडी बढाएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा राजमार्गबाट केन्द्र र केन्द्रबाट हरेक वडासम्म सडक संरचना निर्माण भएको, ९ वटै वडामा हेलिप्याड निर्माण भएको, सबै वडाकार्यालय भवन निर्माण भएको, प्रत्येक वडामा स्वास्थ्य ईकाई संचालन भएको जानकारी दिनुभयो ।
गाउँपालिकामा अशिक्षा, गरिबीका कारण स्वास्थ्यलगायतका समस्याहरु रहेकाले त्यस क्षेत्रलाई प्राथमिक्ता दिएर आगामी वर्षको बजेट तयार गर्ने समेत बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा आमाबुवा बचाउ कार्यक्रम मार्फत ६० वर्ष माथिका सबैलाई घररघमै स्वास्थ्य सेवा प्रदान गरिएको बताउनुभयो । त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा गाउँपालिका भित्रका सबै दलित र चेपाङ समुदायको स्वास्थ्य विमा गर्ने कार्यक्रम संचालन गर्ने बताउनुभयो । उहाँले शुसासनका लागि प्रत्येक वडाबाटै ईन्टरनेटको माध्यमबाट सेवा प्रवाह गर्ने योजना समेत रहेको बताउनुभयो ।
अनुगमन टोलीले गाउँपालिका विभिन्न योजनाहरुको अनुगमन समेत गरेको थियो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, सानुकान्छी स्याङतान, समन्वय अधिकारी आनन्दराज पोखरेल, अधिकृत भीमलाल महर्जन, नायव सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो । टोलीलाई गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ्, निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टरार्ई, शिक्षा, स्वास्थ्य, योजनालगायत विषयगत शाखाका कर्माचरीहरुले जानकारी दिनुभएको थियो ।