इण्डियन प्रिमियर लिग (आईपीएलमा) टी–२० क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स बेङ्ग्लोर र किङ्ग्स एलाभेन पञ्जाब खेलिरहेका छन् । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेको बेङ्ग्लोरले पहिले ब्याटिङ गरिरहेको छ । आजको खेलमा पञ्जाबमा क्रिस गेल फर्किएका छन् । यो संस्करणमा गेल पहिलो पटक खेल्दैछन् । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बेङ्ग्लोरले सात खेलमा पाँच खेल जित्दै १० अङ्क बटुलेको छ भने सात खेलमा एकमात्र जितेको पञ्जाब पुछारमा छ ।
आजको खेलमा पञ्जाबको प्लेइङ ११ मा क्रिस गेल, केएल राहुल, मयङ्क अग्रवाल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हुडा, क्रिस जोर्डन, मुरुग्रन आश्विन, मोहम्मद शामी, रवी बिश्नोई र अर्शदीप सिंह रहेका छन् । भने, बेङ्ग्लोरको प्लेइङ ११ मा देवदत्त पड्डिकल, एरोन फिन्च, विराट कोहली, एबी डी भिलियर्स, वाशिङ्टन सुन्दर, शिवम् दुबे, क्रिस मरिस, इसुरु उडाना र नवदीप सैनी रहेका छन् ।