हेटाैंडा– आज देशभरमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज देशका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ९८ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यस्तै आज ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ८४ हजार ५ सय १८ पुगेको प्रा. डा गौतमले जानकारी दिनुभयो । आज देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २४ हजार एक सय ९४ जना होम आइसोलेसन र १२ हजार ३ सय ३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै आज थप १९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।