हेटौंडाः ३ नम्बर प्रदेश सरकार प्रदेशको समृद्धि कृषि र पर्यटनबाटै हासिल गर्ने लक्ष्य अनुसार अगाडी बढेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा सोहि अनुसार कृषि क्षेत्रमा बजेटको समेत व्यवस्था गरेको छ । प्रदेश सरकारले कृषि विकास र पशुसेवाको माध्यमबाट प्रदेशलाई समृद्ध बनाउने गरि निति कार्यक्रम तथा बजेट विनियोजन गरेको हो ।

No photo description available.

प्रदेशले केहि महत्वकांक्षी कार्याक्रम सहित चालु आर्थिक वर्षकालागि बजेटको समेत व्यवस्था गरेको प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कृषिका क्षेत्रमा मात्रै महत्वकांक्षी ठुला योजनाहरु चलु आर्थिक वर्षमा संचालन गर्ने भएको छ । मन्त्रालयले विभिन्न कृषि अनुदान तथा कृषि ऋणलगायतका योजना समेत समावेश गरेको छ । भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार प्रदेशमा कृषि क्षेत्रकालागि व्यवस्थित र कृषि मैत्री विभिन्न योजना तथा कार्यक्रमहरु यस वर्ष संचालन हुने भएको छ । मन्त्रालयले प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक वटा विशिष्टकृत नमुना कृषि फार्म स्थापना गर्ने योजना बनाएको छ । जसकालागि प्रदेश सरकारले प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रकालागि २० करोड बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै उत्कृष्ट कृषकलाई प्रदेश सरकारले मुख्यमन्त्री कृषि पुरस्कारकोलागि बजेट व्यवस्थापन रेको उहाँले जानकारी दिनुभयो । कृषकलाई प्रोत्साहन प्रदान गर्ने उदेश्यकासाथ यो कार्यक्रम ल्याईएको उहाँको भनाई छ । त्यस्तै कृषि ऋण लिएर व्यवसाय गर्ने कृषक,कृषि समुह, कृषि सहकारी र निजी व्यवसायीहरुकोलागि १ प्रतिशत व्याज अनुुदानको योजना समेत प्रदेश सरकारले ल्याएको उहाँले बताउनुभयो । जसकालागि ५ करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । केन्द्र सरकारले लिएको एक नेपाली एक फलफुल विरुवा रोपन कार्यक्रमकालागि प्रदेश सरकारले ५ लाख २५ हजार विरुवा रोप्ने लक्षय अनुसार बजेटको व्यवसथा गरेको छ । प्रदेश सरकारले एक नेपाली एक विरुवा रोप्ने लक्ष्य अनुसार ८ वटा आधुनीक र ८ वटा हाइटेक नर्सरी निर्माणकालागि बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

Image may contain: one or more people, people sitting and text

त्यस्तै प्रदेश सरकारले १० वटा अत्याधुनीक कृषि नर्सरी बनाउन समेतबजेट विनियोजन रहेकोछ । चितवन जल्लामा साझेदारीमा बीउ प्रसोधन केन्द्र समेत स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको छ । त्यस्तै युवाहरुलाई कृषिमा आकर्षित गर्ने लक्ष्यकासाथ प्रदेश सरकारले कृषि व्यवसाय युवा स्वयंसेवक परिचालन कार्यक्रम संचालन गर्न समेत बजेटको व्विस्थापन गरेको छ । प्रदेशका स्थानिय तहहरुमा युवा कृषि स्वयमसेवक परिचालन गरेर युवालाई कृषमा आकर्षित गर्ने प्रदेश सरकारको लक्ष्य रहेको गदालले बताउनुभयो । कृषकलाई आकर्षित गर्ने उदेश्यकासाथ दुग्ध पदार्थमा अनुदानको व्यवस्था समेत गरेको उहाँले बताउनुभयो । कृषि उत्पादनलाई प्रतिफलमा आधारित अनुदान उपलब्ध गराउने कार्यक्रम अन्तरगत प्रदेशमा उत्पादन भएको दुधमा प्रति लिटर एक रुपैयाँ अनुदान दिनकालागि १२ करोड बजेट विनियोजन भएको गदालले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशका कृषकले उत्पादन गरेका कृषि सामग्रीको भण्डारणका लागि प्रदेश सरकारले १३ स्थानमा शित भण्डारण निर्माणकालागि बजेटको व्यवस्थापन गरेको छ । यसका साथै प्रदेश सरकारले कृषि पर्यटन प्रबद्धनकालागि कृषि पर्यटन प्रबद्धन कार्यक्रम संचालन गर्न ६ करोड ५० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले अभियानमुलक मत्स्य पालन कार्यक्रम संचालनकालागि प्रदेशका १० जिल्लामा एकीकृत रेन्बो, ट्राउट लगाएत विभिन्न प्रजातिका माछापालन व्यवसाय संचालन र बिस्तार गर्न बृहत्तर मत्स्य विस्तार तथा विकास कार्यक्रमका लागि बजेट विनियोजन गरेको उहाँले बताउनुभएको छ ।

प्रदेश सरकारले जंगली जिव जन्तुको संरक्षणकालागि समेत बजेटको व्स्थिा गरेको उहाँले जानकारी दिनुभएको छ । प्रदेश सरकारले कालिज, बँदेल, लोकल कुखुराको व्यवसायिक पालनलाई प्रोत्साहन गर्न आवश्यक बजेटको व्यवस्था गरेको गदालले बताउनुभयो । त्यस्तै मावन र वन्यजन्तु बीचको द्धन्द न्यूनीकरण तथा कृषि उपजको सुरक्षाकोलागि निबुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय तह एवम् जनताको सहभागितामा पर्खाल निर्माण कार्यकालागि समेत बजेट विनियोजन भएको उहँले बताउनुभयो । प्रदेश सरकारले प्रदेशमा कृषि, पशुपालन तथा पर्यटनलाइृ सहयोग पुग्ने गरि चालु आर्थिक वर्षमा कुल ४ अर्ब ९२ करोड बजेट विनियोजन गरेको प्रवक्ता गदालले बताउनुभएको छ । यसले व्यवसायिक कृषि क्षेत्रमा तथा मुलुककै समृद्धिमा उल्लेखनीय सहयोग पुग्ने उहाँले बताउनुभयो ।