हेटौँडा, माघ १४ । सहिद दिवस–२०८२ को पाचौें दिन बुधबार नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । हेटौंडा–१२ स्थित प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकामा विशेष कार्यक्रम आयोजना गरेर थापाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

लखन थापा स्मृति पाटिकाका अध्यक्ष विश्व आलेमगरको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् सहिद स्मार विकास समितिका अध्यक्ष डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाटीकामा रहेको प्रथम सहिद लखन थापाको प्रतिमामा माल्र्यापण गरिएको थियो । कार्यक्रममा वाटीकाका सल्लाहकार बेली थापाले लखन थापाको बारेमा चर्चा गर्नु भएको थियो । भने, “लखन थापा मगर एक दृष्टान्त” विषयक वक्तित्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, सचिव रघुनाथ खुलाल, हेटौंडा–८ का पूर्व अध्यक्ष गोपाल बहादुर श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । सहिद सप्ताह–२०८२ का अवसरमा सहिद स्मरक विकास समितिले हरेक वर्ष झै यो वर्ष पनि माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रम आयोजना गरेर दिवश मनाईरहेको छ । दिवशका अवसरमा पहिलो दिन पत्रकार भेटघाट तथा कार्यक्रम सार्वजनीक, दोस्रो दिन सहिद स्मारक परिसरमा सरसफाई, तेस्रो दिन सहिद स्मारक विकास समितिको परिषद बैठक (साधारणसभा) र सहिद स्मारक र विद्यार्थीबीच अन्तरक्रिया, चौथो दिन रत्तदान र आज पाचौं दिन प्रथम सहिद क्याप्टेन लखन थापा प्रति श्रद्धाञ्जली कार्यक्रम गरिएको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा सहिदको सपना र नवयुवाको कर्तव्य विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, माल्यार्पण, श्रद्धात्तजली सभा, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम हुने खुलालले जानकारी दिनुभयो ।









