मकवानपुर– मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएका २५ थान मोवाईल फेला पारेर आज सम्बन्धीत धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएको भनी निवेदन दिएका मोवाइल खोजी गरी प्राप्त भएका २५ थान मोवाइल आज सम्बन्धित धनीलाई बुझाएको हो ।
आज जिल्ला प्रहरी कार्यालय परिसरमा हराएका भनी निवेदन दिएका धनीलाई मोवाइल फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । विभिन्न कम्पनिका १२ हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँ पर्ने मोवाइल सेट फिर्ता गरिएको प्रहरीले जनाएको छ ।