काठमाडौँ – नेपाल राष्ट्र बैक मोबाइल एप सार्वजनिक गरेको छ । मोबाइल एकको आज भर्चुअल शुभारम्भ गर्नुहुँदै डेपुटी गभर्नर डा निलम ढुङ्गानाले मोबाइल एपबाट बैकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, तथ्याङ्क लगायतका सामग्री प्राप्त गर्न सकिने बताउनुभयो । बैङ्कसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा मोबाइल एपबाट थप सहयोग पुग्ने अपेक्षा बैङ्कले राखेको छ ।