हेटौंडा– हेटौंडा–१४ मा जारी टोल बिकास सस्था स्तरीय ९ ए साइड फुटबल प्रतियोगिताको आजको खेलमा लक्ष्मी टोल बिकास सस्था र समृद्धि टोल बिकास सस्था बिजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरी टोल बिकास सस्थालाइ १–० गोल अन्तरले पराजित गदै लक्ष्मी टोल बिकास सस्था विजयी भएको हो । लक्ष्मी टोल विकासलाई बिजयी गराउन पहिलो हाफको एघारौं मिनेटमा इन्द्र प्रसाद गुरुङले गरेको गोल नै निर्णयक बनेकाे थियाे ।

त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक पञ्चबुद्व टोल बिकास सस्था (बी) लाई समृद्धि टोल बिकास सस्था (वी) ले २–१ गोल अन्तरले पराजित गरेको छ । बिजयी टोलिको लागि पहिलो हाफको १२ औ मिनेटमा जर्सी नम्बर ७ का आशिस मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोश्रो हाफको २९ औ मिनेटमा पञ्चबुद्वका जर्सी नम्बर १० का खेलाडी एक्का बलले गोल गर्दै टोलिलाइ खेलमा फर्काउन सफल भए पनि इन्जुरी समयमा समृद्धि टोल बिकासका जर्सी नम्बर ९ का राजु मोक्तानले गोल गर्दै टिमलाई बिजयी बनाएका थिए ।
प्रतियोगितामा भोलि पनि दुई खेल हुनेछन पहिलो खेलमा चुरियामाइ टोल बिकास सस्था र गौरी टोल बिकास सस्था बीच र दोश्रो खेल कालिदेवी टोल बिकास र पञ्चबुद्व टोल बिकास सस्था बिच हुने आयोजकले जनाएको छ ।