हेटाैंडा– आज काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ सहित देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ३० जनामा रियलटाइम पिसीआर परिक्षण गर्दा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पूरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म संक्रमण हुनेको संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ ।
यस्तै आज काठमाडौमा १८ सय ४५, ललितपुरमा २ सय ७७ र भक्तपुरमा एक सय १८ सहित काठमाडौ उपत्यकामा एक २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्राध्यापक डा. गौतमले जानकारी दिनुभयो । यस्तै आज नयाँ संक्रमित थपिएका ६९ जिल्ला मध्ये सुनसरीमा २ सय ४९, मोरङमा २ सय २३, रुपन्देहीमा एक सय २५, सुर्खेतमा एक सय एक, काभ्रेपलाञ्चोकमा ९०, चितवनमा ७७, कास्कीमा ७६, मकवानपुरमा ७५, झापामा ७१, कैलाली, नवलपरासी पुर्व र कञ्चनपुमा ६५–६५ जना संक्रमित थपिएका छन् भने बाँकी जिल्लामा ५० भन्दा कम संख्यामा संक्रमित भेटिएका छन् ।
यस्तै आज थप एक हजार ४ सय ७३ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेकोको संख्या ६ सय ४५ पुगेको छ । संक्रमणका कारण सुनसरीमा र काठमाडौमा ३–३ जना, ललितपुर, चितवन र रुपन्देहीमा १–१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज ७६ जिल्लामा ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ९ सय ५७ जना होम आइशोलेसन र १३ हजार ९ सय २३ जना संस्थागत आईशोलेसनमा रहेका छन् । यस्तै गम्भिर लक्षण देखिएका २ सय ७९ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।