मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र गराउन सबैलाई आग्रह गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका–१२ मा बिहीबार कोरोना नियन्त्रणका लागि वडामा भएका काम र आइपरेका अप्ठ्याराहरुका विषयमा आयोजित छलफल कार्यक्रममा उहाँले स्वास्थ्य सरक्षाको मापदण्डहरु पालना गर्दै जनताको जनजीवन सामान्य बनाउने तर्फ लाग्न सबैलाई आग्रह गर्नुभएको हो ।

प्रमुख खुलालले कोरोना बिरुद्ध जारी प्रतिबन्धहरु बिस्तारै खुकुलो पार्दै र नागरिकको जनजीवन सहज पार्दै लनुपर्ने बताउनुभयो । उहाँले समुदायमा कोरोना विरुद्धमा सचेतना जगाउन टोल–टोलमा र वडा–वडामा जानुपर्ने भन्दै जाँहा बढी संक्रमित भेटिन्छन त्याँहा मात्र सिल गरेर बाँकीलाई सामान्य जनजीवनमा फर्कने वतावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागिहरुले जनताको जनजीवन सामान्य बनाउँदै लाानु पर्ने बताएका थिए । उनिहरुले सञ्चार माध्यमको प्रयोगबाट समुदायमा सचेतना फैलाउनु पर्ने साथै मास्क अनिवार्य लगाउने, नलगाउनेलाई कारबाही गर्नुपर्ने बताएका थिए । उनिहरुले सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने, सुरक्षाका उपाय अपनाउने व्यवसायीलाई मात्र सेवा गर्न दिनुपर्ने तथा सबै सुरक्षा मापदण्ड अपनाएर निषेधाज्ञा खुकुलो पार्नुपर्ने धारणा राखेका थिए । उनिहरुले विकल्पसहित शैक्षिक क्षेत्र सुचारु गर्नुपर्ने भन्दै निषेधाज्ञा खुकुलो पार्दै सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने र पालना नगर्नेलाई कडा कारबाही समेत गर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

छलफलमा १२ नम्बर वडा अध्यक्ष ललित घलानले नागरिकको जनजीविका सामान्य बनाउने विषयमा गम्भीर भएर सोच्नु पर्ने बताउनुभयो । उहाँले ठोस व्यवस्थापनका साथ नागरिकको जनजीवन सामान्य बनाउनु पर्ने, भौतिक दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नका लागि जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । उहाँले वडामा हालसम्म ४ जनामा कोरोना पोजेटिभ देखिएको र ३ जना निको समेत भईसकेको र एक जना होम आइसोलेसनमा रहेको बताउनुभयो । छलफलमा १२ नम्बर वडाका सहरी स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुखले स्वास्थ्य सामग्रीको अभावमा काम गर्न केहि समस भएको बताउनुभयो । छलफलमा १२ नम्बर वडाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।