मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज “जनप्रतिनिधि बागमती प्रदेश” नामक पुस्तकको विमोचन गर्नुभएको छ । फोटो नेपालद्धार प्रकाशित “जनप्रतिनिधि बागमती प्रदेश” पुस्तक सार्वजनिक गर्नुभएको हो ।
एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको बिबरण समावेश रहेको फोटो नेपालले जनाएको छ । पुस्तक बिमोचन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने बिवरणको पुस्तक समयको अवश्यकता भएको बताउनुभयो । उहाँले निर्वाचित प्रतिनिधिको ऐतिहाँसिक दस्तावेज सवैकालागि महत्वपूर्ण सूचना स्रोत हुने बिश्वास ब्यक्त गर्नुभयो । आम नागरिकलाइ आवश्यक सूचना प्रदान गर्न सक्ने पुस्तक सवै स्थानिय तहको हरेक टेबलमा आवश्यक रहेको उहाँको भनाई थियो ।
कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री पौडेलले पुस्तक जुम माध्यमबाट बिमोचन विमोचन गर्नुभएको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । एक वर्ष भन्दा बढी समयको प्रयत्नवाट बागमती प्रदेशका सवै जनप्रतिनिधिको बिवरण सहितको पुस्तक प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो ।