मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना माहामारीका बेला गैरसरकारी संघ÷संस्थाले आफ्नो भुमिका देखाउन आवश्यक रहेको बताउनुभयो । सहयोगि मन नेपालको दोस्रो स्थापना दिवश एवम् विजया दशमी, शुभ दिपावली र छठ पर्वका अवसरमा हेटौंडा–६ मा आज आयोजित कार्यक्रममा प्रमुख खुलालले मामारीको अप्ठ्यारोका बेला गैरसरकारी संघ÷संस्थाले आफ्नो भुमिका देखाउन आवश्यक रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले गैरसरकारी संघ÷संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समुदायमा सचेतना फैलाउनेलगायत काममा भने चुकेको बताउनुभयो । देशलाई अप्ठ्यारो परेको परिस्थितीमा सामाजिक संघ÷संस्थालगाएत सबैको सहयोग आवश्यक हुने उहाँको भनाई थियो । उहाँले यस्तो विषम परिस्थितीमा केहि संघसंस्थाहरुले भने राम्रो काम गरेको भन्दै सबैको सकृयता जरुरी रहेको बताउनुभयो । उहाँले माहामारीका बेला सहयोग पु¥याउने ती संघ÷संस्थाहरुलाई धन्यवाद दिँदै आगामी दिनमा त्यस्तै सकृयता र सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले महामारीका बेला “सहयोगि मन नेपाल” ले गरेको काम उदाहरणिय रहेको भन्दै प्रशंसा गर्दै आगामी दिनमा थप सकृय र सहयोगकालागि शुभकामना दिनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडाका प्रमुख बाबुराम खतिवडाले डोनेसनमा मात्र चल्ने त्यस्ता गैरसरकारी संस्थाहरुको बारेमा सरकारले सोच्न जरुरी रहेको बताउनुभयो । उहाँले देश संघियतामा गइसकेकाले २०३४ सालको संस्था दर्ता ऐन पुरानो भएको भन्दै नयाँ संरचनामा संस्था दर्ता ऐन पनि परिर्वतन गर्न जरुरी रहेको समेत बताउनुभयो ।

कार्यक्रममा संस्थाका तर्फबाट हरेक वर्ष प्रदान गरिने जन्म शताब्दी वर्ष सम्मानबाट हेटौंडा–६ निवासी सय वर्षिय बेदमाया सापकोटा, अशक्त तर्फ सरोज दुलाल र छात्रबृति तर्फ जनप्रिय प्राविधिक विद्यालयलाई नगदसहित सम्मान गर्नुका साथै संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्त्विहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा– ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १६ नम्बर वडा अध्यक्ष राकृष्ण कोइराला, १५ नम्बर वडाअध्यक्ष महारत्न लामा, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, नेपाली कांग्रेसका नगर सभापति आनन्दराम पराजुली, श्रीकृष्ण प्रणमी सेवा समितिका केन्द्रिय सदस्य रामकृष्ण तीवारी, बद्री प्रसाद चौलागाईलगायतको उपस्थिती थियो ।