निशा गुरुङ/हेटौंडा

दशैं हिजो पनि आयो,आज पनि आयो र भोलि पनि आउछ वर्षहरु वित्छन । तर ती दशैहरुमा हर्षहरु मिसिएकी मिसिएनन् त्यो ठुलो कुरा हो । दशै दशै जस्तो भयो की भएन त्यो महत्वपुर्ण विषय हो ।
गाउका वुढा पुराना मानिसहरु दशैं उहिलेको जस्तो छैन भन्छन् तर दशैं दशैं जस्तो किन छैन भन्छन् मानिसहरु एकै छिन चिन्तन गरौन , शहरको दशै भन्दा गाउँघरको दशैं रमाईलो भन्ने कुरा बढि नै सुनिन्छ । हिजोको. दशैंमा गाउँघरमा हावाले ल्याउने दशैंको वास्ना नै सुघन्धित ,गरिवी त हिजो पनि थियो आज पनि छ तर सुख दुख चार्डवाड आफनो हैसियत अनुसार सपरिवार संगै बसेर मनाउँथे । बाल्यकालका साथीभाई जो जहाँ भएपनि दशैं मान्न घर आउँथे ।
अझै पाका पुराजन बा आमाको स्मरणको दशैं त झनै कति रमाईलो थियो होला आजको दशैं फरक छ । देशका कयौं बा आमा मात्रै छन् , तिनको हातले टिको लगाईदिनु पर्ने निधारहरु अधिकासं निधारहरु पसिनाको धारा मात्रै बगाउन विवस छ । देशले धेरै प्रगति गरे परिवर्तन पनि भएकै छ । तर बर्षै नै रित्तो निधार बढेको बढ्यै छ । आफनो परिवार आफनो गाउ आफनो देशँमा चार्डवार्ड मनाउन रहर कस्को नहोला तर देशमा यति परिवर्तन भईसक्योकी दुई गाँस खाना , छोराछोरी पढाउन बा आमाको उपचार गर्न देशमा काम पाईन छाड्यो । सयौं होईन हजारौ पनि होईन लाखौ युवाहरुले देशमा दशैं मनाउन नपाएको वर्षौ भयो ।
मोबाईलको स्क्रिनमा भिडियो कल गरेर टिका लागाउँदा बा आमाको हात थरथरी कामेको सामाजिक सञ्जालमा पनि भाईरल भए । अर्काको देशमा भएको सन्तानलाई प्रविधिले दिएको सुविधा आखाले देखेर रुन चाँहि पाईने तर छुन चाँहि नपाईने दशैं कति मनाउने ,
पाउन गारो काम पाएपनि कमाईने थोरै दाम र महंगीले दुई छाक खान पनि पेटभरी खान नसकिने मामका अगाडि जाबो दशैंको के मुल्य भयो र देशका लाखौं नागरिकले कुनै दिन राम्रो दशैं मनाउला भनि आफनो देश छाडेर गएकाछन् ।
पहिलाका बुढा पाकाको कुरा सुन्दा पहिले दशैंमा गाउँबाट टाढा गएका आफन्तहरु दशंै मान्न आउने गर्दथे तर अहिले जति मान्छे शिक्षित भयो त्यतिनै आफनो गाउँघर बाट टाँढा हुनु परेको बताउँछन् । मान्छे शिक्षित भएपनि नेपालमा राम्रो काम नपाईने हुदा आफनो सन्तानहरु टाँढा जानु परेको गुनासो गर्छन् । पहिलाका मान्छे शिक्षित नभएपनि पेट भरी खाएकै थिए चार्डपर्व राम्रो संग परिवार सबै मिलेर मनाउँथे तर अहिलेको दशैंमा आफनो छोरा नाती कहिल्यै पनि नहुने बताउँछन् । विदेश गएका छोराहरु देशमा आएपनि बिहे गर्न आउने र पुनः विदेशमा फर्कनु परेको बृद्ध बा आमा बताउँछन् । पहिले दशै हेरेर अहिले को दशैं दशैं जस्तो नभएको उनिहरुको भनाई छ । त्यतिमात्र होइन कोरोनाको कहरले दशैमा परिवार पनि एक ठाममा भेटघाट गरेर टिका लगाउने अवस्था भएन । टिकाको दिन वाहेक गाउमा पनि दशैको चहल पहल देखिएन । कोरोनाको कारणले जो जहा छ ,त्यही वसेर टिका लगाउने सुचना सरकारले जारी गरेको थियो । अहिलेको वर्षको दशै गाउ र सहर दुवै ठाउका मानिस घरमै खुम्चिएर दशैको टिका लगाए । यो वर्षको दशै परम्परा धान्ने काममात्र भयो । कोरानाको कारणले परिवार त एक ठाममा जुटन सकेन,आफन्तका टिका लगाउने त परै जावोस ।