इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करण अन्तर्गत अहिले राजस्थान रोयल्स र किङ्ग्स एलाभेन पञ्जाब प्रतिस्पर्धा गर्दैछन् । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह मैदानमा हुने खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । दुई खेल खेलेको पञ्जाबले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । अहिले ऊ अङ्क तालिकाको दोस्रो स्थानमा छ । एक मात्रै खेल खेलेको राजस्थानले दुई अङ्क बटुल्दै तालिकाको चौथो स्थानमा छ । यी दुई टिमबीच अहिलेसम्म १९ पटक भेट हुँदा राजस्थानले १० र पञ्जाबले नाै पटक जित हासिल गरेकाे छ । 

आजको खेलमा राजस्थान रोयल्सको प्लेइङ ११ मा जोस बटलर, स्टेभेन स्मिथ, सन्जु समसन, रविन उथापा, राहुल तेवतिया, रियान पराग, टम कुरान, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट र अङ्कित राजपूत रहेका छन्, भने किङ्ग्स एलाभेन पञ्जाबमा मयङ्क अग्रवाल, लोकेश राहुल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, करुन नायर, सर्फराज खान, जेम्स नीशम, मुरुग्रन अश्विन, रवी बिशनोई, मोहम्मद शामी र शेल्डन केट्रोल रहेका छन् ।