नेपालमा शनिवार ४६८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४ सय ६८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या २६ हजार १९ पुगेको छ ।
यसैगरी आज थप १ सय २४ जना संक्रमण मुक्त भएपछि हाल सम्म १७ हजार २ सय १ जना संक्रमण मुक्त भएका छन् भने आज थप ३ जनाको मृत्यु भए संगै कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । कोरोना संक्रमण पछि मृत्यु हुनेमा आज कपिलवस्तु, पर्सा र धनुषाका १–१ जना रहेका छन । हाल सम्म ८० जना पुरूष र २२ जना महिलाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।