हेटाैंडा– नेपालमा पछिल्लाे २४ घण्टामा नाै सय दुई जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा १० हजार ६ सय ११ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै सय दुई जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे जानकारी दिनुभयाे । याेसंगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेकाे उहाँले बताउनुभयाे ।
यस्तै पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३२ हजार नाै सय ६४ जना पुगेको छ । अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार तीन सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।