सुनको मुल्य आज केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।