हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३२ हजार नौ सय ६४ जना पुगेको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा. डा. जागेश्वर गौतम अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार तीन सय १० जना क्वरेण्टीनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ११ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय दुई जनामा कोरोनाको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । योसंगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको उहाँले बताउनुभयो ।