उच्च अदालत पोखराले कलाकार पल शाहलाई जबरजस्ती करणीको अभियोगमा पूर्ण सफाई दिएको छ । जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै उच्च अदालत पोखराले आइतबार अभिनेता शाहलाई सफाइ दिएको हो । बाल यौन दुरुपयोगको मुद्दामा तनहुँ जिल्ला कारागारमा जेल सजाय काटिरहेका अभिनेता शाहले थिए ।
उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बाल यौन दुरुपयोगको अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । यो फैसलासँगै अभिनेता शाह जेलमुक्त हुने भएका छन् । शाहलाई गत भदौ १० मा नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले बलात्कार अभियोगबाट सफाइ दिएपनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।











