हेटौंडा । मकवानपुर प्रहरीले ३४५ केजी लागुऔषध गाँजासहित दूई जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट ३४५ केजी गाँजा सहित दुइ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक केशर कुमार न्यौपाने र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक कृष्णराज ढकालको कमाण्डमा खटि गएको सयुक्त प्रहरी टोली गाँजा र मानिसलाई नियँत्रणमा लिएको हो । राक्सीराङ गाउँपालिका–८ गोठडाँडा स्थित स्थानीय प्रेम घलानको घरमा खानतलासी गर्दा निजको घरबाट लागु औषध गाँजा १६३ किलो र सोही स्थानका ठाकुराम मोक्तानको घरबाट लागूऔषध गाँजा १८२ किलो ४ सय ग्राम गरी जम्मा ३४५ किलो ४ सय ग्राम गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजा सहित घलान र मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।