इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ । आईपीएल अन्तर्गत बिहीबार राति किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो । आईपीएलले कोहलीलाई १२ लाख भारु जरिवाना गरेको हो । पन्जाबविरुद्धको खेलमा बैंगलोर ९७ रनले पराजित भएको थियो ।