भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । मस्तिष्कमा रगत जमेपछि गत अगष्ट १० मा अस्पताल भर्ना हुनुुभएका पूर्व राष्ट्रपति मुखर्जीको केही दिनअघि सल्यक्रिया गरिएकोमा आज निधन भएको उहाँका छोरा एवं पूर्व सांसद अभिजीत मुखर्जीले ट्वीट मार्फत जानकारी दिनुभएको छ ।

उहाँ केही समयअघि कोरोनाबाट समेत संक्रमित हुनुभएको थियो । उहाँले विभिन्न समयमा भारतीय वित्त, रक्षा र विदेश मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । पूर्व राष्ट्रपति मुखजीको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाहलगायतले गहिरो दुख व्यक्त गर्नुभएको छ ।