हेटाैंडा– कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा आज थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र चार जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा महोत्तरीकी ४ बर्षीया बालिका, गोरर्खाका ६५ बर्षीया महिला र रुपन्देहीकी ६८ बर्षीया महिलाको मृत्यु भएको हो भने झापाका ८६ बर्षीय पुरुष, रौतहटका ४० बर्षीय पुरुष, चितवनका ७८ बर्षीय पुरुष, र भक्तपुरका ७७ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।